महामन्त्री भएको वर्ष दिन हुदैछ, अहिल्यै मन्त्री बन्ने लाइनमा छैनः महामन्त्री शर्मा
काठमाडाैं | पुस ६, २०७९
काठमाडौं: नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले नयाँ सरकारमा मन्त्री बन्ने लाइनमा आफू नरहेको स्पष्ट पारेका छन् ।
बुधबार काँग्रेस संसदीय दलको नेताको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले नयाँ सरकारमा मन्त्री बन्नेतिर आफू नलाग्ने बताए । उनले पार्टी कार्यालयमा बसेर गर्ने आफ्नो कामहरु धेरै भएको बताए ।
उनले पार्टीले महामन्त्री बनाएको वर्ष दिन मात्रै भएको भन्दै पार्टीलाई सुसंगठित गर्ने धेरै कामहरु आफ्नो जिम्मामा रहेको बताए । महामन्त्री शर्माले सरकारमा जाने पार्टीका नेताहरुलाई घोषणापत्रमा उल्लेख गरिएका प्रतिवद्धताअनुसार काम गर्न आग्रह गर्ने कुरामा आफू लाग्ने पनि बताए ।
महामन्त्री शर्माले सरकारमा जाने सांसदहरुको संयोजन लगायतका कामहरु अघि बढाउने कुरामा आफू लाग्ने बताए ।
लमजुङ: विभागीय टोली एपीएफ क्लबले ३३औं त्रिवेणी कपको उपाधि रक्षा गरेको छ। बेसिसहरस्थित त्रिवेणी रंगशालामा सोमबार सम्पन्न फाइनलमा नाल्माको लाङ्दीदेवी एफसीलाई २–० ले पराजित गर्दै एपीएफले दोस्रोपल्ट उपा...
पोखरा: परोपकारी संस्था हेड्स नेपालले गण्डकी प्रदेश अभियान सञ्चालन गरेको छ । जसमा गण्डकी प्रदेशका जिल्लामा रहेका गरिब तथा विपन्न परिवारमा रहेका विद्यार्थीहरूलाई कपडा, झोला लगायतका शैक्षिक सामाग्री सहयोग गर...
काठमाडौं: पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद फुकुवा गरिएको छ । गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानबिन गर्न गठित जाँजबुझ आयोगले ...

